काठमाडाैं । नेपालमा काेराेना भाइरसकाे संक्रमणका कारण थप २ जनाकाे मृत्यु भएकाे छ ।
वीरगन्जमा उपचारको क्रममा शनिबार मृत्यु भएका १ युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
रौतहट गौर नगरपालिकाका ३२ वर्षीय युवकमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हाे । क्षयरोगी रहेका युवकलाई अचानक श्वासप्रश्वासमा समस्या आएपछि शनिवार अपरान्ह ४ बजे एम्बुलेन्सबाट नारायणी अस्पतालमा ल्याइएको थियो।
नारायणीको आकस्मिक कक्षमा उपचार भइरहेको समयमा राति ८ बजे उनकाे मृत्यु भएको हो ।
यसैगरी ललितपुरकाे पाटन अस्पतालमा उपचाररत १ कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत काठमाडाैंका ६० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
उनी साउन २० गतेदेखि अस्पतालमा उपचाररत थिए ।
यो सहित नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या १०६ पुगेको छ ।
प्रकाशित मिति: आइतबार, साउन ३२, २०७७