काठमाडाैं । नेपालमा आइतबार थप ६ सय ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
आइतबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ सय ४१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ ।
आइतबार थपिएकामध्ये १ सय ७२ जना काठमाडाैं उपत्यकाका छन् । गाैतमका अनुसार काठमाडौंमा १ सय २६ जना, ललितपुरमा ३८ जना र भक्तपुरमा ८ जना कोरोना संक्रमित थपिएका हुन् ।
हाल देशभर सक्रिय संक्रमितकाे संख्या ९ हजार २ सय २१ छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप १ सय ३४ जना कोरोना संक्रमित निकाे भएर घर फर्किएका छन् ।
देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको गौतमले जानकारी दिएका हुन् । योसहित नेपालमा हालसम्म १७ हजार ३ सय ३५ जना उपचारपछि निको भएका छन् ।
आइतबार १२ हजार २ सय ४७ जनाको परीक्षण गरिएको छ भने हालसम्म ५ लाख १७ हजार ९ सय ७ जनाको परीक्षण गरिएको छ ।
यसैगरी पछिल्लाे २४ घन्टामा २ जनाकाे मृत्यु भएकाे गाैतमले पुष्टि गरेका छन् । यससँगै नेपालमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या १ सय ४ पुगेकाे छ ।
प्रकाशित मिति: आइतबार, साउन ३२, २०७७