चितवन । चितवनकाे भरतपुर अस्पतालका ३ चिकित्सक र १ स्वास्थ्यकर्मीसहित ४ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारी, प्रसूति विभागका प्रमुख सुनिलमणि पोख्रेल, आकस्मिक कक्षका अर्का १ चिकित्सक र १ जना नर्समा कोरोना संक्रमण देखिएको छ ।
यीसँगै पर्सामा ४७ जनामा काेराेना भाइरसकाे संक्रमण देखिएकाे छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १० जना महिला र ३७ पुरूषमा कोरोना संक्रमण पुष्टि भएको हो।
जसमध्ये अस्पतालका ४ सहित वीरगन्जका २० जना, बाराका ३ जना र पर्साको पोखरिया नगरपालिकाका १२ जनामा संक्रमण देखिएको हो ।
यस्तै पर्सागढी नगरपालिकाका २ जना, विन्दवासिनी, देवरवाना, विरुवागुठी, बहुदरमाई र रक्सौल पन्टोकाका १-१ जनामा संक्रमण देखिएको छ भने १ जनाको भने ठेगाना खुलेको छैन ।
भरतपुर अस्पतालका अध्यक्ष डा भाेजराज अधिकारीका अनुसार संक्रमण पुष्टि भएका अस्पतालका ४ जनाकै स्वास्थ्य अवस्था सामान्य छ । अस्पतालका मेसु डा. तिवारी अहिले अस्पतालकै एउटा क्याबिनमा छन् ।
प्रकाशित मिति: आइतबार, साउन ३२, २०७७