काठमाडाैं । नेपालमा शनिबार थप ४ सय ६८ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
यससँगै देशभर कुल संक्रमितको २६ हजार १९ संख्या पुगेको छ । हाल सक्रिय संक्रमितकाे संख्या ८ हजार १ सय ९३ छ ।
शनिबार थपिएकामध्ये ९८ जना काठमाडाैं उपत्यकाका छन् । गाैतमका अनुसार काठमाडाैंका ८० जना र ललितपुर र भक्तपुरका ९-९ जनामा संक्रमण पुष्टि भएकाे हाे ।
पछिल्लाे २४ घन्टामा देशभरका प्रयाेगशालामा ११ हजार ४७ जनाकाे नमुनाकाे पिसिआर विधिबाट परीक्षण गरेकाे उनले जनाए ।
यसैगरी शनिबार थप १ सय २४ जना कोरोना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म १७ हजार २ सय १ जना निको भएर घर फर्किएकाे गाैमले जनाए ।
यसैगरी पछिल्लाे २४ घन्टामा ३ जनाकाे मृत्यु भएसँगै हालसम्म १ सय २ जनाकाे मृत्यु भएकाे छ ।
प्रकाशित मिति: शनिबार, साउन ३१, २०७७