काठमाडौं । नेपालमा शुक्रवार थप ५ सय ९४ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।
पछिल्लाे २४ घन्टामा देशका ३८ वटा प्रयाेगशालामा गरिएकाे ११ हजार ५ सय ७५ जनाकाे नमुना परीक्षणमा ५ सय ९४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिए ।
थपिएका संक्रमितमध्ये काठमाडाैं उपत्यकाका १ सय १९ जना छन् । गाैतमका अनुसार काठमाडाैंमा ८३ जना, भक्तपुरमा ६ जना र ललितपुरमा ३० जनामा संक्रमण पुष्टि भएकाे छ ।
यससँगै नेपालमा हालसम्म काेराेना संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको छ ।
यसैगरी पछिल्लाे २४ घन्टामा थप २ सय ४० जना संक्रमित निकाे भएर घर फर्किएका छन् । योसहित नेपालमा हालसम्म १७ हजार ७७ जना उपचारपछि निको भएका छन् ।
कुल संक्रमितमध्ये हाल सक्रिय संक्रमितकाे संख्या ८ हजार ३ सय ७५ छ ।
यसैगरी पछिल्लाे २४ घन्टामा ४ जना काेराेना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा काेराेना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या ९९ पुगेकाे छ ।
प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७