विराटनगर । काेराेना भाइरसकाे संक्रमणका कारण विराटनगरमा गप २ जनाकाे मृत्यु भएकाे छ ।
विराटनगरकाे काेसी अस्पतालमा उपचाररत सिरहाका १ जना र विराटनगरका १ जनाकाे मृत्यु भएकाे अस्पातालका मेसु चुमनलाल दासले जानकारी दिए ।
विराटनगर महानगरपालिका-१५ का ३० वर्षीय पुरुषको मृत्युपछि कोराना पुष्टि भएको दासले जानकारी दिए । ज्वरो आएर बिहीबार मध्यान्ह अस्पताल पुगेका उनको दिउँसो ४ बजे मृत्यु भएको थियो ।
यसैगरी आइसाेलेसनमा उपचाररत सिरहा विष्णुपुर गाउँपालिकाका ४० वर्षीय पुरुषकाे पनि बिहीबार मृत्यस भएकाे हाे । सिकिस्त अवस्थामा भर्ना भएका ती पुरूषलाई निमोनिया र स्वासप्रस्वासमा समस्या देखिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७