वीरगन्ज । वीरगन्जको नारायणी अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएका बाराका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रसौनी गाउँपालिकाका ६५ वर्षका र जीतपुर–सिमरा उपमहानगरपालिकाका ५० वर्षका पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणका कारण बाराको प्रसौनी गाउँपालिकाका-२ प्रसौनी टोल बस्ने ६५ वर्षका पुरुषकाे बिहीबार बिहान नारायणी अस्पतालमा मृत्यु भएको हो ।
दमको समेत बिरामी रहेका कलवारको बिहान ५ बजे उपचारको क्रममा मृत्यु भएको थियाे ।
यसैगरी उपचारको क्रममा बिहीबार बिहानै मृत्यु भएका जितपुर सिमरा उपमहानगरपालिका ४ सिमरा टोल बस्ने ५० वर्षका पुरुषमा पनि मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो।
यससँगै नेपालमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ९७ पुगेकाे छ ।
प्रकाशित मिति: बिहीबार, साउन २९, २०७७