काठमाडाैं । नेपालमा काेराेना भाइरसकाे संक्रमणका कारण थप ३४ जनाकाे मृत्यु भएकाे छ ।
पछिल्लाे २४ घन्टामा मृत्यु भएकाहरूमध्ये ४ जनामा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार यससँगै नेपालमा काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ९५ पुगेकाे छ । पछिल्लाे २४ घन्टामा मृत्यु हुनेहरूमा माेरङ, महाेत्तरी, धनुषा र अछामका ११ जना छन् ।
गाैतमका अनुसार मोरङका ५७ वर्षीय पुरुषको कोसी अस्पतालमा मृत्यु भएकाे हाे भने महोत्तरीका ४५ वर्षीय पुरुषको रामजानकी अस्पतालमा मृत्यु भएकाे हाे ।
यसैगरी धनुषाकी ८५ वर्षीया वृद्धाको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र अछामका १८ वर्षीय युवाको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हाे ।
यससँगै प्रदेश १ मा ८ जना, प्रदेश २ मा ३९ जना, बागमतीमा १८ जना, गण्डकी प्रदेशमा ६ जना प्रदेश ५ मा १२ जना, कर्णालीमा ४ जना र सुदूरपश्चिममा ८ जनाकाे मृत्यु भएकाे छ ।
प्रकाशित मिति: बिहीबार, साउन २९, २०७७