काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार थप १ सय २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बिहीबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १ सय २७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
गाैतमका अनुसार काठमाडाैंमा १ सय ११ जना, भक्तपुरमा ५ जना र ललितपुरमा ११ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे हाे ।
उपत्यकामा १२७ सहित देशभरमा ५ सय २५ जनामा काेराेना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार बिहीबार कोरोनालाई जितेर १ सय ९ जना घर फर्किएका छन् । यससँगै १६ हजार ८ सय ३७ जना निको भएर घर फर्किएका छन् ।
यसैगरी काेराेना संक्रमणबाट अहिलेसम्म ९५ जनाको मृत्यु भएको गाैतमले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, साउन २९, २०७७