काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगन्जको आकस्मिक कक्षमा कार्यरत २ जना मेडिकल अफिसरलाई कोरोना संक्रमण देखिएपछि आकस्मिक कक्ष सिल गरिएको छ ।
उनीहरुमा बुधबार आएको पिसिआर रिपोर्टमा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ । २ डाक्टरसँगै ४ नर्सिङ स्टाफलाई पनि काेराेना पुष्टि भएकाे बताइएकाे छ ।
अस्पतालका कोभिड १९ संयोजक डा. सन्तकुमार दासले आकस्मिक कक्षका मेडिकल अफिसरलाई कोरोना देखिएपछि उक्त वार्ड सिल गरिएको जानकारी दिए ।
उनका अनुसार थप अन्य आकस्मिक वार्डका अन्य कर्मचारीहरुको आज नमुना संकलन गरिने छ । उनीहरुको रिपोर्ट आएपछि मात्र आकस्मिक वार्ड नियमित गरिने उनले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, साउन २९, २०७७