विराटनगर । कोरोना भाइरसको संक्रमणका कारण विराटनगरमा थप १ जनाकाे मृत्यु भएकाे छ ।
विद्युत प्राधिकरणका कर्मचारी रहेका विराटनगर महानगरपालिका– ३ का ५७ वर्षका पुरुषको कोसी अस्पतालकाे कोभिड १९ उपचार केन्द्रमा मृत्यु भएको हो ।
नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्राविधिक रहेका उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो ।
मधुमेह तथा उच्च रक्तचापको बिरामी रहेका उनलाई कोरोना संक्रमण देखिएपछि श्वासप्रश्वासमा समस्या थियो ।
प्रकाशित मिति: बुधबार, साउन २८, २०७७