काठमाडाैं । नेपालमा बुधबार थप ४ सय ८४ जना काेराेना भाइरसबाट संक्रमित भएका छन् ।
गत २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा १० हजार ४ सय ८१ जनाकाे नमुना परीक्षण गर्दा ४ सय ८४ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिए ।
याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २४ हजार ४ सय ३२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ६४ जना डिस्चार्ज भएका छन् । यससँगै अहिलेसम्म कोरोना जित्नेको संख्या १६ हजार ७ सय २८ पुगेको छ ।
डिस्चार्ज हुनेको यो संख्या कुल संक्रमितमध्ये ६८.४ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ६ सय १३ छ ।
प्रकाशित मिति: बुधबार, साउन २८, २०७७