विराटनगर । धनकुटाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेकपाकी सांसद कुसुम श्रेष्ठलाई कोरोना संक्रमण भएको छ ।
आफूलाई ज्वरो आएर स्वास्थ्यमा समस्या भएपछि जाँच गर्दा नतिजा कोरोना पोजेटिभ आएको सांसद् श्रेष्ठले जानकारी दिइन् । अहिले स्वास्थ्य अवस्था सामान्य रहेको श्रेष्ठले जानकारी दिएकी छन् ।
सांसद श्रेष्ठले सामाजिक सन्जालमा स्टाटस लेख्दै एक सातादेखि आफूसँग सम्पर्कमा आएका व्यक्तिहरुलाई सावधान रहन र आवश्यक परे स्वास्थ्य परीक्षण गराउन आह्वान गरेकी छिन् ।
प्रकाशित मिति: बुधबार, साउन २८, २०७७