धरान । काेराेना भाइरसकाे त्रासका कारण धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे ओपिडी सेवा बुधबारबाट अनिश्चितकालका लागि बन्द हुने भएको छ ।
प्रतिष्ठानमा ओपिडीमा उपचारका लागि आउने र त्यहीँभित्रका चिकित्सकहरूमा कोरोना संक्रमण देखिएकाले यस्तो निर्णय गर्नुपरेको प्रतिष्ठानले जनाएको छ ।
यससँगै धरान उपमहानगरपालिकाले नगर क्षेत्र ७ दिन पूर्ण रुपमा बन्द गरेकोले ओपिडी बन्द गरिएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानले जारी गरिएको सूचनामा भनिएको छ, 'प्रतिष्ठान परिसरमा संक्रमण फैलिएको र अझ बढी फैलन नदिन तथा रोकथाम नियन्त्रणका लागि ओपिडी सेवा बन्द गरिएको छ। अर्को सूचना जारी नहुन्जेलसम्म बन्द गरिएको जानकारी गराइन्छ।'
यस्तै मंगलबार प्रतिष्ठानका १ डाक्टरको परिवारका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रतिष्ठानको इएनटीका कोरोना संक्रमित डाक्टरको ३ जना परिवारमा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २७, २०७७