काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण काठमाडौंमा थप १ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमका अनुसार काठमाडौं–१० मध्य बानेश्वरका ७६ वर्षीय पुरुषको मेडिकेयर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
यसैगरी गएकाे २४ घन्टामा काठमाडौंका ६४ वर्षीय पुरुष, बाँकेकी ७० वर्षीया महिला र पर्साकी ४५ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।
प्रकाशित मिति: सोमबार, साउन २६, २०७७