काठमाडाैं । नेपालमा काेराेना भाइरसकाे संक्रमणका कारण थप १ जनाकाे मृत्यु भएको छ ।
ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत ६४ वर्षीय पुरुषको मृत्यु भएको हो । कलंकी ट्याङ्ला फाँटका ती पुरुष निमोनिया र मधुमेह रोगबाट ग्रसित थिए ।
स्वास्थ्यमा समस्या आएपछि साउन १५ गते अस्पताल भर्ना भएका उनकाे सोमबार बिहान ६ बजे मृत्यु भएको ललितपुर जिल्ला जनस्वास्थ्य प्रमुख खगेश्वर गेलालले जानकारी दिए ।
यससँगै नेपालमा काेराेना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या ७७ पुगेकाे छ ।
प्रकाशित मिति: सोमबार, साउन २६, २०७७