काठमाडाैं । अध्यागमन विभागका १ कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
शुक्रबार विभागका कर्मचारी, सुरक्षाकर्मीलगायत ५३ जनाको स्वाब संकलन गरी गरिएकाे परीक्षणमा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हाे ।
कर्मचारीमा कोरोना पोजेटिभ पुष्टि भएपछि विभागको सेवा बन्द गरिएको छ।
विभागले सूचना जारी गर्दै अन्त्यन्त जरुरी काम परेको अवस्थामा विभागका अध्यागमन अधिकृत कुलशेखर अर्याल, पवनकुमार गुप्ता र मधुसूदन भट्टराईलाई तोकिएको उल्लेख गरेकाे छ ।
त्यस्तै, संक्रमण पुष्टि भएका कर्मचारीसँगै कार्यरत अन्य कर्मचारीहरूलाई होम क्वारेन्टाइनमा राखिएको छ। केही दिनमा संक्रमितको कन्ट्याक्टमा आएकाहरूको परीक्षण गराएपछि मात्रै सबै सेवा सञ्चालन गर्ने विभागले जनाएकाे छ ।
विभागका सूचना अधिकारी रामचन्द्र तिवारीका अनुसार विभागको केन्द्रीय कार्यालयको सेवा बन्द भए पनि त्रिभुवन विमानस्थलस्थित अध्यागमन विभागको काम भने नियमित छ ।
प्रकाशित मिति: सोमबार, साउन २६, २०७७