विराटनगर । मोरङ जिल्ला अदालतका १ न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला अदालत मोरङका सूचना अधिकारी युवराज पौडेका अनुसार ४ जनाको स्वाब संकलन गर्दा १ जना न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको हो ।
न्यायाधीशमा कोरोना देखिएपछि अदालतका अन्य न्यायाधीश र कर्मचारी गरी ४० जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको श्रेष्तेदार ओझाले बताए ।
अदालतका न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएपछि सोमबारदेखि ३ दिनका लागि अदालत बन्द गरिएको छ ।
प्रकाशित मिति: सोमबार, साउन २६, २०७७