काठमाडाैं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत थप ३ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा रहेको प्रहरी कन्ट्रोल (१०० हेल्प लाइन) मा कार्यरत ३ जनामा आइतबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
मेट्रो कन्ट्रोलको सिसिटिभी हेर्ने प्रहरीमा संक्रमण देखिएको हो । यसअघि कन्ट्रोलमै कार्यरत कपाल काट्ने अर्का प्रहरीमा पनि संक्रमण भएको थियो ।
अहिले संक्रमित प्रहरीहरूलाई आइसोलेसनमा पठाइएको छ भने उनीहरूको सम्पर्कमा आएकाहरूको कन्ट्र्याक्ट ट्रेसिङ भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, साउन २६, २०७७