वीरगन्ज । कोरोना संक्रमणका कारण वीरगन्जमा थप १ जनाको मृत्यु भएको छ।
वीरगन्ज महानगरपालिका-१५ भेडियाही बस्ने ४५ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
गण्डक कोभिड अस्पतालमा शुक्रबार राति मृत्यु भएपछि उनको स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको अस्पतालले जनाएकाे छ ।
अस्पतालका अनुसार उनलाई शुक्रबार राति नै अस्पताल ल्याइएको थियो । उनमा श्वासप्रश्वासमा समस्या रहेको र भेन्टिलेटरमा उपचार गर्ने क्रममा मृत्यु भएको बताइएकाे छ ।
उनलाई पहिलादेखि नै थाइरायडको समस्या पनि रहेको अस्पतालले जनाएको छ । योसँगै साउनमा मात्रै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।
यससँगै नेपालमा काेराेनाका कारण मृत्यु हुनेको संख्या ७७ पुगेको छ ।
प्रकाशित मिति: सोमबार, साउन २६, २०७७