काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलका निजी सुरक्षा गार्ड (पिएसओ) मा काेराेना संक्रमण पुष्टि भएपछि पाैडेल आइसोलेसनमा बसेका छन् ।
पिएसओमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि महासचिव पौडेल आइतबारदेखि भैँसेपार्टीस्थित निवासमै आइसोलेसनमा बसेकाे नेकपा स्राेतले बताएकाे छ ।
शुक्रबार स्वाब संकलन गरी परीक्षण गर्दा पौडेलका पिएसओमा संक्रमण पुष्टि भएको हो । सोही दिन गरिएको परीक्षणमा महासचिव पौडेलसहित अन्यको भने नेगेटिभ रिपाेर्ट आएको बताइएकाे छ ।
कोरोना पुष्टि भएका उनका पिएसओलाई भने प्रहरी अस्पतालकाे आइसाेलेसनमा भर्ना गरिएको छ ।
प्रकाशित मिति: आइतबार, साउन २५, २०७७