काठमाडाैं । आइतबार काठमाडौं उपत्यकामा थप ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा ९२ जना संक्रमित थपिएको जानकारी दिए।
उनका अनुसार काठमाडौंका ९० र ललितपुरका २ जनामा काेराेना देखिएकाे हाे ।
यसैगरी २४ घन्टामा काेराेना भाइरसकाे संक्रमणका कारण थप २ जनाकाे मृत्यु भएकाे छ ।
कास्कीका ६२ वर्षीय पुरुष र पर्साकी २० वर्षीया महिलाको साउन २४ गते मृत्यु भएको हो ।
यससँगै नेपालमा काेराेना संक्रमणका कारण ज्यान गुमाउनेकाे संख्या ७५ पुगेकाे छ ।
प्रकाशित मिति: आइतबार, साउन २५, २०७७