काठमाडाैं । आइतबार नेपालमा थप ३ सय ८० जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर ८ हजार ५ सय १५ जनाको पिसिआर परीक्षण गर्दा साे संख्यामा संक्रमित भेटिएकाे जानकारी दिए ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको छ भने हाल सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय ३० छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ४० जना संक्रमित निको भएर घर फर्किएका छन् । यससँगै नेपालमा १६ हजार ३ सय ५३ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् ।
प्रकाशित मिति: आइतबार, साउन २५, २०७७