काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत ४ कर्मचारीलाई कोरोना संक्रमण भएको छ ।
गत शुक्रबार कोभिड १९ क्राइसिस म्यानेजमेन्ट समितिको टोलीले स्वास्थ्य मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब संकलन गरेको थियो ।
तीमध्ये ४ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालय स्राेतले जनाएकाे छ ।
स्रोतका अनुसार संक्रमितमध्ये १ जना मन्त्रालयका कर्मचारी हुन् भने ३ जना सफाइ कर्मचारी हुन् ।
संक्रमित कर्मचारीको पहिचान गरी उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी सुरु गरिएको जनाइएकाे छ ।
प्रकाशित मिति: आइतबार, साउन २५, २०७७