काठमाडाैं । भारतले नेपाललाई १० थान भेन्टिलेटर सहयोगस्वरुप दिएको छ ।
भारतीय राजदूत विनयमोहन क्वात्राले प्रधानसेनापति पूर्णचन्द्र थापालाई जंगीअड्डामा भेन्टिलेटर हस्तान्तरण गरेको नेपाली सेनाले जनाएको छ।
नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा भेन्टिलेटर प्रधानसेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गरे।
'कोभिड-१९ महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रणको लागि नेपाल सरकारद्वारा जारी ‘कोभिड-१९ प्रतिकार्य राष्ट्रिय अभियान योजना २०७७’ को सफल कार्यान्वयनमा सहयोग पुर्याउने उद्देश्यले भारतद्धारा नेपाली सेनालाई दुई करोड ८० लाख भारतीय रूपैयाँ (चार करोड ४८ लाख नेपाली रूपैयाँ) बराबरको उक्त भेन्टिलेटरहरू उपलब्ध गराएको हो',नेपाली सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उक्त भेन्टिलेटरको मूल्य २ करोड ८० लाख भारु पर्ने बताइएको छ। प्रधानसेनापति थापाले सहयोगका लागि भारतलाई आभार व्यक्त गरेका थिए।
समारोहमा प्रधानसेनापति थापाले भारतको सहयोगप्रति हार्दिक आभार तथा धन्यवाद प्रकट गरेका थिए।
प्रकाशित मिति: आइतबार, साउन २५, २०७७