पोखरा । नेपालमा काेराेना भाइरसकाे संक्रमणका कारण थप १ जनाकाे मृत्यु भएकाे छ ।
कास्कीको पोखरा महानगरपालिका-१९ का १ पुरुषको उपचारका क्रममा मृत्यु भएकाे हाे ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा भर्ना भएका पोखरा महानगरपालिका–१९ निवासी ६२ वर्षीय पुरुषको गएराति साढे ११ मा मृत्यु भएको हो ।
प्रतिष्ठानले मृतक डायाबिटिजबाटसमेत पीडित रहेको जनाएको छ । साउन १८ गते कोरोना संक्रमण पुष्टि भएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा राखेर उनको उपचार गरिएको थियो ।
यससँगै नेपालमा काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ७४ पुगेकाे छ ।
प्रकाशित मिति: आइतबार, साउन २५, २०७७