काठमाडौँ । काठमाडौं उपत्यकामा बिहीबार थप ८७ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।
एकैदिनमा यति धेरै संख्यामा संक्रमित भेटिएकाे याे पहिलाेपटक हाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा उपत्यकाका ३ जिल्लामा ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार काठमाडौंमा ७६ जना, ललितपुरमा १० जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैगरी कोरोनाका कारण नेपालमा मृत्यु हुनेकाे संख्या ६५ पुगेकाे छ । पछिल्लाे पटक काठमाडाैंमा उपचाररत धनुषाकी महिलाकाे मृत्यु भएकाे छ ।
ओम अस्पताल चाबहिलमा उपचारका क्रममा मृत्यु भएकी धनुषाको मिथिला नगरपालिका-१० लालगढकी ७२ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो ।
दम, होइपोथाइरोडिजम र उच्च रक्तचापकी बिरामी रहेकी उनलाई श्वासप्रश्वास र पेट दुख्ने समस्या थियाे ।
प्रकाशित मिति: बिहीबार, साउन २२, २०७७