विराटनगर । प्रदेश नम्बर १ मा बिहीबार थप ६६ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।
सामाजिक विकास मन्त्रालयका अनसार मोरङमा सबैभन्दा धेरै २४ जनामा संक्रमण पाइएकाे छ । यसैगरी सुनसरीमा १९, इलाममा १५ र झापामा ८ जनामा कोरोना संक्रमण देखिएको छ ।
मोरङको विराटनगरमा ११ जना पुरुष र १० महिला, बेलबारीमा २ र रंगेलीमा १ पुरुषमा काेराेना पाेजेटिभ देखिएकाे छ ।
यस्तै सुनसरीको धरानमा ११ जना पुरुष र ३ महिला, इटहरीमा ४ पुरुष र १ महिला संक्रमित थपिएका टन् । यसैगरी इलामको इलाम नगरपालिकामा १५ जना पुरुष, झापाको मेचीनगरमा ७ पुरुष र १ महिलाको कोरोना पोजिटिभ रिपाेर्ट आएको मन्त्रालयले जनाएको छ ।
यससँगै प्रदेश १ मा जम्मा कोरोना संक्रमितको संख्या १ हजार २ सय ५५ पुगेको छ ।
यस्तै प्रदेश १ मा बिहीबार १८ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा झापाका ९, मोरङका ६, सुनसरी र पाँचथरका १-१ जना छन् ।
यससँगै प्रदेशमा हालसम्म निकाे हुनेकाे संख्या ९ सय ५ पुगेको छ ।
प्रकाशित मिति: बिहीबार, साउन २२, २०७७