काठमाडौं । संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेमा कोरोना संक्रमण पुष्टि भएको छ ।
हालै तराईका विभिन्न जिल्ला गएर फर्किएका उनको स्वाब संकलन गरी परीक्षण गर्दा काेराेना पोजेटिभ देखिएको हो ।
प्रवक्ता पाण्डे वैज्ञानिक वन व्यवस्थापन सम्बन्धी अध्ययनका लागि तराईका विभिन्न जिल्ला गएका थिए । अध्ययन उपसमितिका संयोजक प्रदीप यादवलाई यसअघि नै संक्रमण पुष्टि भइसकेकाे छ ।
यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका थप २० जना कर्मचारीमा कोरोना संक्रमण भएको छ ।
मंगलबार १५ जना कर्मचारीमा कोरोना संक्रमण देखिएकाे थियाे ।
काेराेना संक्रमितकाे संख्या बढ्न थालेपछि आयाेगले बाँकी कर्मचारीलाई परीक्षण गराएर मात्र कार्यालय आउन निर्देशन दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटार र परराष्ट्र मन्त्रालयका कर्मचारीमा गरिएको परीक्षणमा भने संक्रमण नदेखिएको बताइएकाे छ।
प्रधानमन्त्री निवासमा ६० र परराष्ट्र मन्त्रालयका १८ कर्मचारीको स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।
प्रकाशित मिति: बिहीबार, साउन २२, २०७७