काठमाडाैं । प्रहरी प्रधान कार्यालय नक्सालका थप १० जना प्रहरीलाई कोरोना भारइसको संक्रमण पुष्टि भएको छ ।
बुधबार १० जना थपिएसँगै कुल संक्रमितकाे संख्या ८५ पुगेकाे एसएसपी (प्रवक्ता) कुवेर कडायतले जानकारी दिए । थपिएका संक्रमितकाे स्वास्थ्य अवस्था समान्य रहेकाे उनले बताए ।
नयाँ थपिएका संक्रमितहरू पनि कन्ट्याक्ट ट्रेसिङका क्रममा पत्ता लागेको हो । उनीहरूलाई बलम्बुस्थित एपिएफ अस्पतालमा भर्ना गरिएको छ ।
देशभर कोरोनाबाट संक्रमित हुने प्रहरीको संख्या २ सय पुगेको छ भने १ सय १९ जना निको भइसकेका छन् ।
प्रकाशित मिति: बिहीबार, साउन २२, २०७७