काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासको सुरक्षार्थ खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।
अध्यक्ष प्रचण्ड परिवारका सदस्यसहित बुधबार निवासमा कार्यरत सबै सुरक्षाकर्मीको स्वाब संकलन गरेर परीक्षण गरिएकामा ६ जना सुरक्षाकर्मीमा कोरोना भाइरस पुष्टि भएको हो ।
बाहिरी घेरामा खटिएका ६ जना सुरक्षाकर्मीलाई कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए ।
संक्रमण पुष्टि हुने सुरक्षाकर्मीको पद भने खुलाइएको छैन ।
केही दिनअघि सभामुख अग्निप्रसाद सापकोटाको निवासमा कार्यरत सुरक्षाकर्मीमा पनि कोरोना देखिएको थियो ।
प्रकाशित मिति: बिहीबार, साउन २२, २०७७