काठमाडाैं । सप्तरीमा बुधबार मृत्यु भएका ३ जनामध्ये १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
रुपनी गाउँपालिका ५ गढियाका ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।
करिब डेढ महिनाअघि मलेसियाबाट फर्किएका उनी होम क्वारेन्टाइनमा बसेका थिए । मंगलबार साँझ ज्वरो आएर सास फेर्न गाह्राे भएपछि उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज भर्ना गरिएको थियो ।
त्यहाँ उपचार समुभव नभएपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । उनलाई धरान लाने क्रममा बाटोमै मृत्यु भएकाे थियाे ।
मृत्यु भएका अन्य २ जनाकाे भने काेराेना नेगेटिभ रिपाेर्ट आएकाे छ । डाक्नेश्वरी नगरपालिका ९ का ७४ वर्षीय र राजगढ गाउँपालिकाका ७१ वर्षीय वृद्धमा कोरोना नदेखिएकाे हाे ।
राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचाररत अवस्थामा उनीहरूकाे मृत्यु भएकाे थियाे ।
यससँगै नेपालमा काेराेना संक्रमणका कारण ज्यान गुमाउनेकाे संख्या ६४ पुगेकाे छ । बुधबार एकैदिनमा ६ जनाकाे मृत्यु भएकाे हाे ।
प्रकाशित मिति: बिहीबार, साउन २२, २०७७