काठमाडाैं । काठमाडाैंमा कोरोना भाइरसको संक्रमणबाट १ महिलाको मृत्यु भएको छ ।
कोरोना संक्रमण भएपछि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत एक महिलाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिला छिन् । उपचारका लागि मनमोहन अस्पतालमा भर्ना भएकी उनी १६ साउनमा सशस्त्र प्रहरीको अस्पताल भर्ना भएकी थिइन् ।
ती महिला निमोनियाबाट ग्रसित भएकाे अस्पताल स्रोतले जानकारी दिएकाे छ ।
प्रकाशित मिति: बुधबार, साउन २१, २०७७