विराटनगर । बुधबार मोरङमा कोरोना संक्रमित २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा विराटनगर-९ गुद्रीका ४५ वर्षीय पुरुष र रंगेली-८ का पनि ४५ वर्षीय पुरुष नै छन् । योसँगै मोरङमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।
कोसी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर चुमनलाल दासका अनुसार विराटनगरका ४५ वर्षीय पुरुषको उपचारका क्रममा बुधबार दिउँसो मृत्यु भएको हो ।
कोसी अस्पतालको आइसोलेसनमा उपचाररत विराटनगर महानगरपालिका–९ का ४५ वर्षीय पुरुषको दिउँसो १ः१० बजे मृत्यु भएको हाे ।
उनलाई ज्वरो र जण्डिसको समस्या रहेको भन्दै मंगलबार राति उपचारका लागि अस्पताल ल्याइएको थियो । उनकाे मृत्यु भइसकेपछि उनमा काेराेना संक्रमण भएकाे पुष्टि भएकाे डा. दासले बताए ।
रंगेलीका पुरुषकाे भने अस्पताल ल्याइपुर्याउँदा मृत्यु भइसकेकाे थियाे ।
स्वासप्रश्वासको समस्या भएका रंगेलीका पुरुषको अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको डा. दासले बताए ।
याेसँगै नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या ६२ पुगेकाे छ ।
प्रकाशित मिति: बुधबार, साउन २१, २०७७