काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ८१ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ ।
बुधबार थपिएकामध्ये काठमाडाैं उपत्यकाका मात्रै ६२ जना छन् । नयाँ संक्रमितमा काठमाडौँका ५७ जना र ललितपुरमा ५ जना रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार उपचारपछि निकाे भएका र मृत्यु भएकाबाहेक सक्रिय संक्रमितको संख्या भने ६ हजार १ सय ७४ छ ।
पछिल्लो २४ घण्टामा १ सय ३० जना निको भएका छन् । यससँगै निको हुनेको संख्या १५ हजार १ सय ५६ पुगेको मन्त्रालयले जनाएको छ ।
यसैगरी नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ६० पुगेको छ ।
प्रकाशित मिति: बुधबार, साउन २१, २०७७