काठमाडौं । पर्सामा गत सोमबार मृत्यु भएकी एक युवतीमा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ५९ पुगेकाे छ ।
पर्साकाे पोखरिया नगरपालिका–९ की १८ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको हो । सोमबार राति मृत्यु भएकी युवतीमा मंगलबार राति मात्रै कोरोना पुष्टि भएको हो ।
बान्ता भएपछि उपचारका लागि वीरगन्जस्थित नेसनल मेडिकल कलेज ल्याउँदै गर्दा बाटोमै युवतीको मृत्यु भएको थियो । मृत्युपछि कोरोना संक्रमणको शंकामा स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पोजेटिभ आएको अस्पतालले जनाएको छ ।
योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
प्रकाशित मिति: बुधबार, साउन २१, २०७७