काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ जना कर्मचारीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।
मुलुकभर कोरोना संक्रमितकाे संख्या बढिरहेका बेला आयोगका १५ जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएको हो ।
स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पीसीआर परीक्षणका लागि आइतबार अख्तियार परिसरमा स्वाब संकलन गरेको थियो ।
१ सय ८२ जनाको स्वाब संकलन गरिएकोमा १५ जनामा संक्रमण देखिएको हो । महाशाखाका महानिर्देशक डा. वासुदेव पाण्डेका अनुसार संक्रमण देखिएकामध्ये अधिकांश अख्तियारमा कार्यरत सुरक्षाकर्मी छन् ।
प्रकाशित मिति: मंगलबार, साउन २०, २०७७