वीरगन्ज । पर्सामा थप ३४ जनामा काेराेना भमइरसकाे संक्रमण पुष्टि भएकाे छ । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका उनीहरूमा काेराेना पाेजेटिभ देखिएकाे हाे ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायका अनुसार कोरोना संक्रमण देखिनेहरु १४ देखि ५६ वर्षसम्मका छन् । उनीहरुमध्ये २८ पुरूष र ६ जना महिला छन् ।
नेपाली सेना, चिकित्सक, कन्ट्याक्ट ट्रेसिङमा परेका, पत्रकार लगायतमा कोरोना संक्रमण देखिएको छ ।
३४ जनामध्ये २३ जना वीरगन्ज महानगरपालिकाका, ३ जना नेपाली सेना, ३ जना पोखरिया नगरपालिकाका, १ जना जिराभवानी गाउँपालिकाका, २ जना बाराका तथा सुर्खेत र सर्लाहीका १/१ जना छन् ।
त्यस्तै, वीरगन्ज वडा प्रहरी कार्यालयमा रहेका २० वर्षीय थुनुवामा पनि कोरोना देखिएको छ ।
२ जना चिकित्सकलाई पनि कोरोना संक्रमण देखिएको छ । उनीहरु बयाेधा अस्पताल र नेसनल मेडिकल कलेजमा कार्यरत रहेको डा.उपाध्यायले बताए ।
संक्रमण देखिएकामध्ये ५ जनाले पेड टेस्ट (पैसा तिरेर परीक्षण) गराएका थिए । उनीहरुमा कोरोना देखिएपछि समुदायमा संक्रमण फैलिएको पुष्टि भएको चिकित्सकहरु बताउँछन् ।
योसँगै पर्सामा कोरोना संक्रमितको संख्या ६ सय १४ पुगेको छ ।
प्रकाशित मिति: मंगलबार, साउन २०, २०७७