विराटनगर । कोरोना भाइरसको संक्रमणबाट विराटनगरमा १ जनाको मृत्यु भएको छ ।
सोमबार विराटनगर महानगरपालिका ५ का ७७ वर्षीय बृद्धको मृत्यु भएको हो ।
उनलाई ज्वरो आउने, श्वासप्रश्वासमा समस्या देखिएपछि सोमबार बिहान कोसी अस्पताल विराटनगरमा भर्ना गरिएको थियो ।
तर उपचारकै क्रममा दिउँसो ३ बजे मृत्यु भएको अस्पतालले जनाएकाे छ ।
यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।
प्रकाशित मिति: सोमबार, साउन १९, २०७७