विराटनगर । १ नम्बर प्रदेशका मुख्य न्यायाधिवक्ता चूडामणि आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
विराटनगर–५ स्थायी ठेगाना भएका मुख्य न्यायायाधिवक्ता आचार्यसहित परिवारका २ जना सदस्यलाई पनि कोरोना संक्रमण पुष्टि भएको हो ।
सामान्य ज्वरोको लक्षण देखिएका आचार्यलाई काेराेना भएकाे आशंका गरी गरिएकाे पिसिआर परीक्षणमा आइतबार कोरोना पोजेटिभ रिपाेर्ट आएकाे हाे ।
काेराेना पुष्टि भएपछि उनीसहित परिवारका सदस्यहरुलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने तयारी भइरहेको छ ।
अहिले आफू र परिवारका सदस्यहरुको अवस्था सामान्य रहेको आचार्यले बताए ।
आचार्यलाई कहाँबाट संक्रमण भयो भन्ने खुलेको छैन । उनी नियमितरुपमा कार्यलयको काम र बैठकहरुमा सहभागी थिए ।
प्रकाशित मिति: सोमबार, साउन १९, २०७७