काठमाडौं । नेपालमा पहिलोपटक प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचार गरिएको छ ।
विराटनगरका ६० वर्षीय कोरोना संक्रमित पुरुषको कन्भालेसेन्ट प्लाज्मा थेरापीबाट उपचार गरिएको त्रिवि शिक्षण अस्पतालका कोभिड-१९ व्यवस्थापन संयोजक डा सन्तकुमार दासले बताए । उनका अनुसार ती पुरुषको गत बिहीबार प्लाज्मा थेरापी गरिएको हो।
उनी निमोनिया भई साउन १० गते आइसियुमा भर्ना भएका थिए । अवस्था गम्भीर भएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्थासमेत आएकाे थियो ।
उनलाई कोरोना संक्रमणबाट निको भएका २६ वर्षीय युवकले प्लाज्मा दिएका हुन् ।
उनलाई आइसियुबाट निकाल्ने तयारी भइरहेको छ । ‘सुरुमा संक्रमितलाई ९० प्रतिशत अक्सिजन दिनुपरेको थियो’ डा. दासले भने ‘प्लाज्मा थेरापीपछि २४ प्रतिशत मात्र अक्सिजनले काम भइरहेकाे छ ।'
कोरोना संक्रमणबाट आइसिय'मा भर्ना हुने व्यक्तिको संख्या बढ्दै गए यस विधिलाई निरन्तरता दिँदै उपचार गरिने उनले बताए ।
प्रकाशित मिति: आइतबार, साउन १८, २०७७