काठमाडाैं । नेपालमा कोरोना भाइरसकाे संक्रमणका कारण एकैदिन ४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीरगन्जका ३ जनाको गण्डक अस्थायी कोरोना अस्पताल र १ जनाको पाटन अस्पताल ललितपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।
मन्त्रालयका अनुसार शुक्रबार मृत्यु पुष्टि हुने ४ जना नै पर्साका हुन् । वीरगन्ज महानगरपालिका ११ श्रीपुर बस्ने ५६ वर्षीय पुरुष, वीरगन्ज १६ कै ३५ वर्षीय पुरुष, वीरगन्ज-२ कै ६५ वर्षीय पुरुष र वीरगन्ज-११ स्थायी घर भएर ललितपुर थसिखेल बस्ने ६५ वर्षीया महिलाको मृत्यु भएको हो।
यसैबीच, नेपालमा एकैदिनमा अहिलेसम्मकै धेरै १० हजारभन्दा बढीको पिसिआर परीक्षण गरिएकाे छ । मन्त्रालयका प्रवक्ता गौतमले गएको २४ घण्टामा १० हजार ७ सय ६८ जनाको पिसिआर परीक्षण गरिएको जानकारी दिए।
सरकारले पछिल्लो समय संक्रमणको जोखिम बढेसँगै परीक्षणको दायरा पनि बढाएको छ।
साे संख्यामा गरिएकाे परीक्षणमा २ सय २४ जनामा काेराेना पाेजेटिभ देखिएकाे छ ।
प्रकाशित मिति: शुक्रबार, साउन १६, २०७७