काठमाडाैं । शुक्रबार नेपालमा थप २ सय २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा गरिएकाे परीक्षणमा थप २ सय २४ जनामा कोरोना पाेजेटिभ देखिएको बताए ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको मन्त्रालयले जनाएको छ ।
नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय १६ रहेको गाैतमले जानकारी दिए ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ५१ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना जित्नेकाे संख्या १४ हजार ३ सय ९९ पुगेको छ।
प्रवक्ता गौतमका अनुसार याे संख्या कुल संक्रमितकाे ७२.८ प्रतिशत हाे ।
काेराेना संक्रमणका कारण हालसम्म ५६ जनाकाे मृत्यु भइसकेकाे छ।
प्रकाशित मिति: शुक्रबार, साउन १६, २०७७