काठमाडाैं । कोरोना भाइरसको संक्रमणका कारण ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत १ महिलाको मृत्यु भएको छ ।
शुक्रबार बिहान ६५ वर्षीया वृद्धाको मृत्यु भएको अस्पतालका निर्देशक डा. विष्णु शर्माले जानकारी दिए ।
उच्च रक्तचापको समस्या रहेकी ती महिला साउन ६ गते अस्पतालमा भर्ना भएकी थिइन् ।
ललितपुर थसिखेलकी स्थायी बासिन्दा रहेकी उनी केही समयअघि वीरगन्जबाट आएकी थिइन् ।
वीरगन्जबाट आएर स्टार अस्पतालमा परीक्षण गराउँदा कोरोना पुष्टि भएपछि उनलाई पाटन अस्पताल भर्ना गरिएको थियो ।
अहिले मृतकको शव अस्पतालमै रहेको र सेनाले व्यवस्थापन गर्ने तयारी गरिरहेकाे छ ।
योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन १६, २०७७