काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप २८ जना प्रहरी कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यससँगै प्रहरी हेडक्वार्टरमा कोरोना भाइरस संक्रमित हुनेको संख्या ७२ पुगेको छ ।
पहिले संक्रमित भएकाहरूको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब संकलनपछि गरिएकाे परीक्षणमा थप २८ जनामा संक्रमण देखिएको हो।
जसमा सई १, असई ३, हवल्दार १७, प्रहरी जवान ४९ र कार्यालय सहयोगी २ जना छन् । संक्रमितहरूमध्ये अधिकांश सवारी चालक, मेकानिक र मेसमा कार्यरत प्रहरी छन् ।
संक्रमितहरूलाई बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालका भर्ना गरिएको छ ।
योसँगै देशभर कोरोना संक्रमण हुने प्रहरीको संख्या २ सय ५० पुगेको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन १६, २०७७