काठमाडाैं । महोत्तरीमा १० जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित १० जना नै महोत्तरीको रणभीम गण प्रकौली ब्यारेकमा कार्यरत हुन्। उनीहरु कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा खटिँदै आएकाे बताइएकाे छ ।
कोरोना पुष्टि भएका १० जनालाई नै उपचारका लागि बर्दिबासस्थित नेपाली सेनाकै किशान गंजको आइसाेलेसनमा पठाइएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कट्वालले जानकारी दिए।
महोत्तरी गाउँपालिका मडैमा कोरोनाबाट १ जनाको मृत्यु भएपछि उनको शव व्यवस्थापनमा खटिएका उनीहरू आइसोलेसनमा बसेका थिए ।
प्रकाशित मिति: बुधबार, साउन १४, २०७७