काठमाडाैं । बुधबार नेपालमा थप २ सय १० जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा गरिएकाे परीक्षणमा सो संख्यामा संक्रमित थपिएका हुन् ।
यससँगै नेपालमा काेराेना संक्रमितको संख्या १९ हजार २ सय ७३ पुगेको छ ।
बुधबार थपिएका संक्रमितमध्ये काठमाडाैं उपत्यकाका १५ जना छन् । जसमध्ये काठमाडाैंका १४ जना र भक्तपुरका १ जना छन् ।
त्यस्तै विगत २४ घण्टामा १ सय ४६ जना निको भई घर फर्किएका छन् । यससँगै नेपालमा काेराेना मुक्त भएर घर फर्किनेकाे संख्या १४ हजार २१ पुगेकाे छ ।
प्रवक्ता गाैमका अनुसार अहिले देशभरमा ५ हजार २ सय ६० जना सक्रिय संक्रमिकाे उपचार भइरहेकाे छ ।
हालसम्म नेपालमा काेराेना संक्रमणका कारण ४९ जनाकाे मृत्यु भइसकेकाे छ ।
प्रकाशित मिति: बुधबार, साउन १४, २०७७