काठमाडाैं । देशकाे प्रमुख प्रशासनिक निकाय सिंहदरबारमा कार्यरत कर्मचारी तथा सुरक्षाकर्मीको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।
काठमाडौं उपत्यकामा संक्रमितको संख्या बढ्न थालेपछि सरकारले सिंहदरबारभित्रका कर्मचारीको पिसिआर परीक्षण थालेको हाे ।
कार्यालय सहयोगी, सवारी चालक र प्रत्यक्ष बाहिरी मान्छेको सम्पर्कमा रहने ५ सयदेखि ७ सय कर्मचारीहरुको पिसिआर परीक्षणका लागि बुधबार नमुना संकलन गरिएको छ ।
नेपाली सेनाको मोबाइल भ्यानमार्फत बुधबार सिंहदरबारमा कर्मचारी तथा सुरक्षाकर्मीको स्वाब संकलन गरिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंका अनुसार सिंहदरबारभित्रका सबै कार्यालयका झन्डै ७ सय जना कर्मचारीको नमुना संकलनको तयारी भएको छ ।
परीक्षणपछि उपत्यकाभित्रको अवस्था के छ भनेर आँकलन गर्न सकिने सचिव गुरागाईँले बताए ।
काठमाडाैं उपत्यकामा मंगलबार ५३ जनामा कोरोना देखिएको थियो ।
अन्तिम अपडेट: साउन १४, २०७७
प्रकाशित मिति: बुधबार, साउन १४, २०७७