काठमाडौं । नेपालमा सोमबार थप १ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमका अनुसार देशका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणमा १ सय ३९ जनामा काेराेना पाेजेटिभ देखिएकाे जानकारी दिए ।
योसँगै नेपाल कोरोना संक्रमण पुष्टि हुनेको संख्या १८ हजार ७ सय ५२ पुगेको छ ।
साेमबार थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका ६ जना छन् ।
पाटन अस्पतालमा गरिएकाे परीक्षणमा ललितपुरका ३ जना शिक्षण अस्पतालमा गरिएकाे परीक्षणमा काठमाडौंका १ जना र स्टार अस्पतालमा गरिएकाे परीक्षणमा ललितपुरका २ जनामा संक्रमण देखिएको छ ।
यसैगरी कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।
मन्त्रालयका अनुसार बारा जिल्ला फेटा गाउँपालिका-३ निवासी ६० वर्षीय पुरुषको उपचारका क्रममा त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको हो ।
उनी निमोनया, मस्तिष्कघात तथा मिर्गौलासम्बन्धी रोगबाट ग्रसित थिए ।
यसैगरी पछिल्लो २४ घण्टामा ६ सय २६ जना संक्रमित निको भएर घर फर्केका छन् । यससँगै अहिलेसम्म जम्मा १३ हजार ७ सय ५४ जना डिस्चार्ज भएर घर फर्केको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, साउन १२, २०७७