काठमाडाैं । पछिल्लाे समय काेराेना भाइरसकाे नियन्त्रण तथा राेकथाममा फ्रन्टलाइनमा खटेर काम गर्ने प्रहरीहरू नै काेराेना संक्रमणकाे सिकार हुने क्रम बढेकाे छ।
आइतबार प्रहरी हेडक्वार्टरमा कार्यरत ४ जना प्रहरीमा काेराेना संक्रमण पुष्टि भएकामा साेही दिन १ नम्बर प्रदेश प्रहरी कार्यालयमा १९ जनामा पनि संक्रमण देखिएकाे छ ।
प्रदेश नम्बर १ प्रहरी कार्यालय, विराटनगरमा कार्यरत १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हाे । विराटनगर र धरानमा गरिएको पिसिआर परीक्षण क्रममा १९ जना प्रहरीमा संक्रमण पुष्टि भएको हो ।
सुरुमा ५ जना प्रहरीमा संक्रमण देखिएपछि सबै प्रहरीलाई क्वारेन्टाइनमा राखेर परीक्षण गरिएको थियो । त्यसक्रममा १९ जनामा कोरोना पुष्टि भएको प्रदेश प्रहरी कार्यालय स्राेतले जनाएकाे छ।
यसअघि पूर्वी नाका काँकरभिट्टामा कार्यरत १८ जना सशस्त्र प्रहरीमा पनि कोरोना संक्रमण भएको थियो ।
प्रकाशित मिति: आइतबार, साउन ११, २०७७